आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२१ असार, काठमाडौं । अलि मत्थर भएको मनसुन आउँदो बुधबारदेखि फेरि सक्रिय हुने मौसमविदले बताएका छन् । तर, आज र भोलि भने ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले मनसुनी न्यून चापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम हुन्छ ।

मनसुनी न्यूनचापीय रेखा तराई नजिक हुँदा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ । प्रदेश दुई, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, २, वागमती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुने अनुमान छ । त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने महाशाखाले जनाएको छ । आज राति प्रदेश–१ सहित वागमती र गण्डकीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…