पछिल्लो २४ घण्टामा थप १,६०३ जनामा संक्रमण, २७ जनाको मृत्यु, २,५५२ संक्रमणमुक्त

२० असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,५५२ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म ६ लाख ९,२१८ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८,१३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,६०३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४,८७६ जना पिअिसार परीक्षण गर्दा एक हजार ४२ र ३,२५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५६१ जनामा गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् ।

aawash steels

काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९,२२५ जना संक्रमितको मृत्यु भइसकेको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…