फिलिपिन्समा ८५ यात्रु सवार सैन्य विमान दुर्घटना, जलिरहेको विमानबाट १५ को उद्धार

काठमाडौं, २० असार । फिलिपिन्समा ८५ यात्रु सवार एउटा सैन्य विमान दुर्घटनामा परेको छ । आइतबार दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परेको त्यहाँका सेना प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई जानकारी दिए ।

जोलो टापुमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ । जलिरहेको विमानबाट हालसम्म १५ को उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी छ । सेना प्रमुख सोबेजानाले भनेका छन्, ‘उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेका छन् । धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’ एजेन्सी

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…