नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्ने क्रम जारी, यातायात अवरुद्ध

काठमाडौं, १९ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्ने क्रम नरोकिएकाले यातायात अवरुद्ध भएको छ ।
बिहीबारदेखि नै यो सडक खण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर टाढा भोर्ले सेतीदोभन र राति चार किलोमा पुनः पहिरो खसेपछि गाडी चल्न ठप्प भएको छ । पृथ्वी राजमार्गको कुरिनटार नजिक पनि लेदो झरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार किलोमा शुक्रबार बिहानैदेखि पहिरो खसेर गाडी रोकिएका थिए । दिउँसो केही सफा गरेर एकतर्फी गाडी खुले पनि सो ठाउँमा राति फेरि पहिरो गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिएका छन् ।

aawash steels

भोर्ले सेती दोभानमा शुक्रबार साँझ अचानक ठूलो पहिरो गएको थियो । सेती दोभानको पहिरो केही बेरपछि हटाउन सुरु गरिने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । त्यहाँ ठूलो ढुङ्गासहित पहिरो खसेका कारण शनिबार काम शुरु गरे पनि सफा गर्न कम्तीमा ६ घण्टा लाग्ने सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुसारको दुई लेनको फराकिलो बनाउन ठाउँ –ठाउँमा पहाड काटिएको थियो । ती ठाउँमा पहिरोले दुःख दिँदै आएको थियो । अन्य नयाँ ठाउँमा पनि ठूला पहिरो खस्न थालेको खनालले बताए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…