नयाँ वर्ष लागेको तीन महिना नबित्दै लुम्बिनी प्रदेशमा ७१ वटा बलात्कारका मुद्दा दर्ता

असार १८, बुटवल। हाल तीन महिनाको अवधिमा लुम्बिनी प्रदेशभर ७९ जना महिला बलात्कृत भएका छन् भने २१ वटा हत्याका घटना घटेका छन् । त्यस्तै यही अवधिमा २ सय २३ जनाले आत्महत्या गरेका छन् ।

कोरोना संक्रमण महामारी नियन्त्रणका लागि वैशाख १६ गते देखि सरकारले मुलुकभर दोस्रो चरणको लकडाउन सुरु गरेको थियो। कोरोना संक्रमणको त्रास भोगिरहेको समाजमा थप हिंसा, बलात्कार र आत्महत्या जस्ता अपराधहरु पनि व्याप्त रुपमा फैलिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ–तुल्सीपुरले दिएको जानकारी अनुसार प्रदेशका १२ वटा जिल्लामध्ये सबैभन्दा बढी १७ वटा बलात्कारका घटना बर्दियामा घटेका छन् । त्यस्तै नवलपरासीमा ३ वटा बलात्कार घटना घटेका छन्, रुपन्देहीमा ११ वटा, कपिलवस्तुमा १२ वटा, पाल्पामा ४ वटा, अर्घाखाँचीमा ३, गुल्मीमा १, प्युठानमा ३, दाङमा १२, रोल्पामा ४ र बाँकेमा ९ वटा बलात्कार घटना घटेका हुन् । बलात्कार घटना रुकुम पूर्वमा शुन्य छ । त्यस्तै प्रदेशभर १७ वटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।

यता, नवलपरासीमा २ वटा हत्याको घटना घटेका छन् भने रुपन्देहीमा ४, कपिलवस्तुमा ५, पाल्पामा १, अर्घाखाँचीमा २, दाङमा ३, बाँकेमा ४ वटासहित २१ वटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका हुन् । त्यस्तै प्रदेशभर २० वटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका छन् ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…