मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

१८ असार, गोरखा । लगातारको वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा भत्काएको छ ।
गोरखा नगरपालिका–१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका–२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।

‘तनहुँको एक्लेफाँटतर्फ जिप राखेको जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको छ’ गोरखा नगरपालिका–१४ का अध्यक्ष रामबहादुर खड्काले भने, ‘जमीन भासिने क्रम अझै रोकिएको छैन ।’ एक्लेफाँट र गोप्लिङ बस्ती जोखिममा रहेको उनले बताए ।
यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे । गोरखातर्फ रहेको धार्मिकस्थल अकला मन्दिर आउजाउ गर्ने पनि त्यही झोलुङ्गे पुल रहेको उनले जानकारी दिए ।

aawash steels

पुलमा क्षति पुगेसँगै अब ड्यामको बाटोबाट आउजाउ गर्नुपर्ने उनको भनाइ छ । ‘अब त्यहाका मानिसहरुलाई आउजाउ गर्न ड्यामको बाटो बाहेक अरु विकल्प छैन तर ड्याममा आफ्नो समयमाभन्दा पनि ड्यामले भनेको समयमा मात्र आउजाउ गर्न पाइन्छ, समस्या छ,’ उनले भने ।

सहजताका लागि आफूले समन्वय गरिरहेको उनले बताए । पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । ‘पुलमा चुडियो भनेर हामीलाई बिहान खवर आयो, सूचना पाउने बित्तिकै हामीले त्यो क्षेत्रमा सर्वसाधारणलाई आउजाउमा रोक लगाएका छौं,’ उनले भने ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…