नेपाल पक्ष बिनै एमाले केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बालुवाटारमा शुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन । महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बैठक शुरु भएको हो । बैठकमा उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका छन् ।

नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन् । तर बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्व माओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो ।

aawash steels

ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । तर यो बैठक १३औं हुने जनाइएको छ । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्बोधन गरी नेताहरुलाई पठाइएको पत्रमा यो बैठक १३औं बैठक उल्लेख गरिएको हो ।

स्रोतका अनुसार, अध्यक्ष ओलीकै निर्देशनमा यो बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुन लागेको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भन्दै आएको छ । यो समूहले अदालतको फैसला अनुसार एमाले २ जेठ २०७५ अगाडि फर्कनुपर्ने अडान राख्दै आएको छ ।

त्यो भनेको एमालेको केन्द्रीय कमिटी बैठक नवौं हुनेछ । तर गएको २८ फागुनमा अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरे । दशौं महाधिवेशन आयोजक कमिटी गठन गर्न एमाले विधान संशोधन गरेका अध्यक्ष ओलीले दशौं, एघारौं र बाह्रौ बैठक राखिसकेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…