पछिल्लो २४ घण्टामा थप २,७६० जनामा संक्रमण, ३३ जनाको मृत्यु, ४,०१७ संक्रमणमुक्त

१७ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,०१७ जना संक्रमित कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २,७६० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन् ।

aawash steels

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २,७६० जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार ७,१३० जनामा आरटी पीसीआर र ३,८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

यसमध्ये पीसीआरबाट १,८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९,१४५ पुगेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…