देउवाले बोलाए शीर्ष नेताको बैठक

१७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (बिहीबार) शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । आज दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।

aawash steels

क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य वितरणमा मनोमानी भएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…