राष्ट्रिय सभाको अधिवेशन आज (बिहीबार) देखि शुरु हुँदै

१७ असार, काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आज (बिहीबार) देखि शुरु हुँदैछ । बिहीबार दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा अधिवेशन बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयक विचाराधीन अवस्थामा छन् । यो अधिवेशनमा ती विधेयकका साथै समितिका प्रतिवेदन र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

aawash steels

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुन लागेका हुन् । राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ ।

संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयका कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…