भारतमा पछिल्लो २४ घण्टाभित्र ४८ हजार ८७८ जनामा संक्रमण पुष्टी

१७ असार, नयाँदिल्ली,  । भारतमा पछिल्लो समय दिनहुँ कोरोना संक्रमण र मृत्युदर ओरालो लागिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ४८ हजार ८७८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९९ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ९४ लाखभन्दा बढी निको भइसकेका छन् भने पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४५ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

aawash steels

पछिल्लो २४ घण्टामा त्यहाँ करिब १३ हजार संक्रमित थपिएका छन् भने २३० जनाको मृत्यु भएको छ । तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८५ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित थपिँदा २१ सय २७ को मृत्यु भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…