एमाले बैठकमै मागियो मन्त्री श्रेष्ठको राजीनामा

१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

एमालेको नेता तथा मन्त्रीजस्तो व्यक्ति भएर जातीय विभेदको आरोप लागेको मान्छेलाई छुटाउन आफूले प्रयोग गर्दै आएको सरकारी गाडी लिएर गएको विषय अशोभनीय भएको पूर्वमन्त्री विश्वकर्माको भनाइ छ । बैठकमा अरू नेताले पनि मन्त्री श्रेष्ठको आलोचना गरेका थिए ।

aawash steels

यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि मन्त्री श्रेष्ठले माफी माग्नुपर्ने बताएका थिए । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अबदेखि यस्तो काम नगर्न भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराएका थिए ।

यसैबीच मन्त्री श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग पुगेर गल्ती महसुस गरेका छन् । आयोगका पदाधिकारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले आफूले गल्ती गरेको र अबका दिनमा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

रूपा सुनारमाथि जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले गएको ९ गते रिहा गरेको थियो । रिहाइका लागि मन्त्री श्रेष्ठ आफै सरकारी गाडीसहित वृत्तमा पुगेका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…