असार १६, काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
बुधवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका हुन्
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले खनालको स्वास्थ्य लाभको कामना गरिएको जानकारी गराए ।
‘बैठकले भारतमा स्वास्थ्य उपचार गराइरहेका पार्टीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेको छ । उहाँको उपचार खर्चको जिम्मेवारी लिएकोमा सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई धन्यवाद दिने निर्णय भएको छ,’ ज्ञवालीले भने ।
मिर्गौलामा समस्या देखिएपछि नेता खनाललाई भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा राखेर उपचार गरिएको छ ।