जसपाको ठाकुर–महताे समूह आज कार्यकारी समितिको वैठक बस्दै

काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ ।

बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ । जसको दवाब ठाकुर–महतो पक्षलाई बढी नै देखिन्छ । आफ्नै समूहका नेताहरुबीच असन्तुष्टि बढेपछि ठाकुर पक्षमा समस्या चुलिएको छ ।

aawash steels

सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि बढेको थियो ।
अहिले बाहिर नै प्रकट भइरहेको छ । अर्कातिर पार्टीको विवाद निर्वाचन आयोगले टुंगो लगाउने प्रक्रियामा छिरेर २२ असारमा दुवै पक्षलाई बोलाएको छ । तर, यस विषयमा जसपाको दुबै पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…