जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड क्वाटर फाइनलमा

१६ असार , काठमाडौं । तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि उचालेको थियो ।

मंगलबार राति भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रलिङ र ह्यारी केनले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्याण्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।

खेलको ७५ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाए । ८६ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौँ टोली बनेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…