युक्रेन युरोकप फुटबलको क्वाटर फाइनलमा

१६ असार, काठमाडौं  । स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज बिहान स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक–एक गोल गरे । स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट एक–एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा आर्टिमले गोल गर्दै युक्रेनलाई जिताए । खेलको २७ औं मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फर्सवर्गले गोल गर्दै स्विडेनलाई एक–एकको बराबरीमा पुर्‍याएका थिए ।

खेलको ९९ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका आर्टिमलाई ट्याकल गरेपछि स्विडेनका मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए । युक्रेनको जितसँगै युरोकपको प्रि क्वाटर फाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन बाहिरिएको छ । अब युक्रेनले क्वाटर फाइनलमा इङल्याण्डसँग खेल्नेछ । इङल्याण्ड जर्मनीलाई २–० ले हराएर अन्तिम आठमा पुगेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…