आज एमाले स्थायी कमिटी बैठक बस्दै

१५ असार , काठमाडौं । सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बालुवाटारमा बस्दै छ । बैठकको तयारीबारे छलफलका लागि आज साँझ स्थायी कमिटी बैठक बोलाइएको छ । भोलिको बैठकको तयारीबारे छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

एमालेमा अब महाधिवेशन कमिटी नरहने भएको छ । बुधबार बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीले बिहीबार नै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको स्रोतको भनाइ छ ।

aawash steels

महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने बताइँदै आएको छ । पार्टी एकताका लागि पूर्ववत कमिटीमा फर्काउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…