आज पाँच प्रदेशमा भारी वर्षा, भोलिदेखि झन ठूलो पानी पर्ने सम्भावना

१५ असार, काठमाडौं । नेपालमा केहि दिन अलि मत्थर भएको वर्षा फेरि सक्रिय हुने भएको छ । बुधबार (भोलि) बाट मनसुन थप सक्रिय हुने भएकाले पूर्व सावधानका उपाय अपनाउन मौसमविदले आग्रह गरेका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् ।

मनसुन थप सक्रिय हुँदा प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

aawash steels

विभागले आज एक विवशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश–१, प्रदेश–२, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि मनसुन शुरु हुने बित्तिकै सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा लेदोसहित आएको बाढीले ठूलो परिमाणमा जनधनको क्षति गरेको थियो । ठूलो परिमाणमा जनधनको क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुका साथै घरबारबिहीन भएका छन् ।

यसैबीच, आज बिहाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र वागमती प्रदेशका केही स्थानमा पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…