क्यानडामा ४६.६ डिग्रीको नयाँ रेकर्ड , दुबईमा भन्दा बढी गर्मी

१५ असार, काठमाडौं । क्यानडामा चरम गर्मीले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ । पश्चिमी क्यानडास्थित ब्रिटिस कोलम्बिया प्रान्तको लाइटनमा आइतबार ४६.६ डिग्री तापक्रम पुगेको छ ।

यसअघि अमेरिका र क्यानडाका विभिन्न क्षेत्रमा यो हप्ता गर्मी खतरनाक बिन्दुमा पुग्नेबारे नागरिकहरुलाई सचेत रहन चेतावनी दिइएको थियो । यससँगै यो तापमानले लाइटनको ८४ वर्षको रेकर्ड पार गरेको छ ।

aawash steels

यसबारे क्यानडाका वरिष्ठ वातावरण तथा मौसमविद् डेभिड फिलिप्सले सीटीभीमा बोल्दै भनेका हुन्, ‘पश्चिम क्यानडाका केही भूभागमा अहिले दुबईमा भन्दा धेरै गर्मी छ ।’ उनका अनुसार केही स्थलमा तापमान ४७ डिग्री पार गर्ने प्रबल सम्भावना रहेको छ ।

विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण यस किसिमका असामान्य मौसमी घटनाहरु आगामी दिनमा झन बढ्दै जानेछन् । यो चरम गर्मीको अवस्था अमेरिकाको क्यालिफोर्नियाबाट क्यानडाको आर्टिक क्षेत्रसम्म फैलिएको बताइएको छ । यससँगै गर्मी बढेका ठाउँहरुमा एसी, फ्यान लगायत चिसो पार्ने यन्त्रहरुको प्रयोग अत्याधिक बढेको छ ।

त्यहाँका केही रेस्टुरेन्ट, बार र कतिपय ठाउँमा स्वीमिङ पुल समेत अत्याधिक गर्मीका कारण सञ्चालनमा आउन नसकेको बताइएको छ । भेनकोभरको उत्तरपूर्व तर्फबाट २५० किलोमिटरको दूरीमा रहेको लाइटन सहित ब्रिटिश कोलम्बियाका ४० भन्दा धेरै स्थलमा अहिलेसम्मकै गर्मी आभास गरिएको बताइएको छ । ब्रिटिश कोलम्बियाको ऊर्जा प्रदायकले यसअघि एसी चलाइराख्ने व्यवस्थाका लागि विजुलीको मागमा वृद्धि भएको जनाएको थियो ।

हाल अल्बेर्टा, सासकेचेवन, युकोन र उत्तरतर्फका क्षेत्रहरुमा पनि सावधानी अपनाउन क्यानडाको वातावरण निकायले भनेको छ । यसको चेतावानीमा ‘यो हप्ताभर लामो समयसम्म रहनेगरी खतरनाक र ऐतिहासिक गर्मीको लहर आउने प्रक्षेपण रहेको र तापमान सामान्य अवस्था भन्दा १० देखि १५ डिग्रीले बढ्ने अनि धेरै स्थलमा ४० डिग्री पार गर्ने’ भनिएको छ ।

क्यानडा जस्तै गरी यता अमेरिकाको वासिङटन र आरेगोन स्टेटमा पनि गर्मीले नयाँ रकेर्ड बनाएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले हालको तातो लहरलाई ऐतिहासिक उल्लेख गरेको छ । त्यस्तै सधैँ पानी परिरहने मौसमका लागि चर्चामा आउने सिएटल र पोर्टल्यान्डमा समेत सोमबार अहिलेसम्मकै उच्च तापमान महसुस गरिएको थियो । दुवै ठाउँमा तापमान ४० डिग्री पार भएको छ । यसले खेतीमा पनि उल्लेखनीय असर पार्ने बताइएको छ । बीबीसी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…