खुकुरी प्रहार गरी छोराले गरे बाबुको हत्या

१३ असार , खोटाङ । धारिलो हतियार (खुकुरी) प्रहार गरेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेंसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गर्धनलगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

आफूले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु भएपछि फरार बनेका सुवर्णलाई सोल्माकै अल्छेढुङ्गाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

aawash steels

डाँका र हातहतियार मुद्दामा कैद सजाय भुक्तान गरेर घरैमा बसेका सुवर्णले दुई वर्षपछि बुबामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । विसं २०७१ असार १७ गते राति आँखामा टर्चको प्रकाशले हानेर अलमल्याउँदै साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुटपाटमा सुवर्णसहित चार जना संलग्न रहेको पुष्टिपछि उनी पक्राउ परेका थिए ।

मृतक चन्द्रबहादुर पनि स्थानीय बमबहादुर राईको हत्या गरेर कैद भुक्तानपछि घरैमा बस्दै आएका थिए । विसं २०४५ भदौमा लाग्ने हरेलो मेलामा चन्द्रबहादुरसहित सात जनाले बमबहादुरको हत्या गरेको ठहरसहित अदालतको आदेशमा चन्द्रबहादुरसहित सात जनाले २० वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

आफ्नै छोराको खुकुरी प्रहारबाट ज्यान गुमाएका मृतक चन्द्रबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको प्रहरीले जनाएको छ । बुबाको हत्या गर्ने सुवर्ण चन्द्रबहादुरका एक्ला छोरा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…