एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन हुने

१३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने भएका छन् ।
बुधबार आयोजक कमिटीको बैठक बोलाएर त्यसैमा आयोजक कमिटीको विघटन गर्ने तयारी ओलीले गरेका हुन् ।

‘बुधबार बस्ने आयोजक कमिटीले अध्यक्ष ओलीले एकताका लागि अघि सार्नु भएको ६ बुँदे प्रस्तावलाई अनुमोदन गर्ने र केन्द्रीय कमिटीको बैठक बोलाउने छ’, एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सुनाए, ‘त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने छ ।’ रिजालका अनुसार बुधबारै नभए बिहीबार केन्द्रीय कमिटीको बैठक बस्ने छ । बुधबार बस्ने बैठकले पार्टी अध्यक्षको आह्वान र पार्टी एकताको भावना अनुसार पार्टीलाई साविककै केन्द्रीय कमिटीमा फर्काउने भनेर निर्णय गर्ने रिजालले बताए ।

यसबाट एकताको स्प्रीटलाई सम्बोधन हुने र अदालती झन्झटबाट पनि मुक्त हुने उनको भनाई छ । प्रधानमन्त्री ओलीले केही समयअघि एकताका लागि ६ बुँदे आह्वान गरेका थिए । जसमा मुलत २०७५ जेठ ३ गतेको नेकपा एमालेको कमिटी ब्युँत्याउने भनिएको थियो ।
तर असन्तुष्ट रहेको माधवकुमार नेपाल पक्षले भने त्यसलाई अस्वीकार गरेको थियो । नेपाल पक्षले माओवादीसँग एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गतेको कमिटी ब्युँत्याउनु पर्ने माग गर्दै आएका छन् ।

सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनि फैसला गरेपछि ओली पक्षलाई उक्त कमिटी कानुनी रुपमा अघि बढाउन पनि अफ्ठ्यारो परेको थियो । आयोजक कमिटीको गठन प्रति नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको थियो ।

उनीहरुले फागुन २३ मा सर्वोच्च अदालतको आदेशपछि भएका अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै आरोप लगाउँदै आएका छन् । चैत ७ गते पूर्व माओवादीबाट एमाले आएका नेताहरुलाई समेत राखेर आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…