बुटवलमा कालीगण्डकी – तिनाउ डाइभर्सन कार्यालय उद्घाटन सम्पन्न

असार १२, रुपन्देही। बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घटन गरिएको छ । उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा आयोजित एक समारोहका बीच कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घटन गर्दै उनले रुपन्देहीसंगै कपिलवस्तु र नवलपरासी पश्चिमको आर्थिक विकासमा आयोजनाले ठूलो टेवा पुग्ने बताए । ‘आयोजना अगाडि बढाउन आर्थिक व्यवस्थापनदेखि फिल्ड व्यवस्थापनका सबै काम सहज रुपमा अघि बढ्ने छ,’ उनले भने ।
कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीको करिब १ लाख हेक्टर खेतीयोग्य जमिन सिंचाइ गर्ने र १ सय २६ मेगावाट विद्युत् उत्पादन उद्देश्यले योजना अगाडि बढाइने बताइएको छ । आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजना प्रमुख सन्तोष कैनीका अनुसार डाइभर्सनका लागि स्याङ्जा जिल्लाको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरिने छ । जसमा २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा पानी ल्याउने योजना छ । त्यसपछि नहरमार्फत तीन जिल्लामा पानी लगिने योजना रहेको कैनीले बताए ।

राम्दीदेखि तल्लो तटीय क्षेत्र स्याङजा, नवलपुर, पाल्पा र तनहुँका स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाले भने आयोजना निर्माणले कालीगण्डकीको धार्मिक, सांस्कृतिक सम्पदा मात्र नभएर यहाँको वातावरण, जलचर, पशुपन्छी र स्थानीय बासिन्दाको जीवनलाई सीधै असर पुर्‍याउने बताउँदै आएका छन् । उनीहरूले आयोजना निर्माण हुन नदिने बताउँदै आएका छन् ।

विशेष गरी लुम्बिनी प्रदेशअन्तर्गत रामपुर नगरपालिका र गण्डकी प्रदेशअन्तर्गत स्याङजाको चापाकोट नगरपालिका, नवलपुरको बौदीकाली, बुलिङटार, र तनहुँको घिरिङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयले आयोजना निर्माण नगर्न माग गर्दै कालीगण्डकीलाई सोही दिशामा छाडनुपर्नेमा जोड दिँदै आएका छन् । नदी आसपासका रैथाने बासिन्दालाई सुक्खा बनाउन नहुने उनीहरूको भनाइ छ ।

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि आयोजना निर्माणको विरोध गरेका थिए ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…