आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह (सूचनासहित)

११ असार, काठमाडौं । आज (शुक्रबार) देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बर्षाका कारण आज आज कोशी र यसका स–साना सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । बिहानको मापनानुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

aawash steels

आज पश्चिम राप्ती, बबईमा बहाव केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला, वागमती, जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही, दाङ, मुगु, डोल्पा, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सके पूर्वानुमान छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…