जीवन विकास लघुवित्तको आईपीओमा आजबाट आवेदन खुला

असार ११ , काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १९.७७ करोडबराबरको आईपीओमा आज (असार ११ गते) बाट आवेदन खुला गरिएको छ।

संस्थाले जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतबराबर अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ।

जीवन विकास लघुवित्तको आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

मोरङको कटारी गाउँपालिका वडा नं. २ मा केन्द्रीय कार्यालय रहेको यो संस्थाको आईपीओलाई नेपाल धितोपत्र बार्डले गत असार २ गते निष्कासन अनुमति दिएको थियो।

आईपीओ निष्कासनका लागि यो लघुवित्तलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यसले संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…