पछिल्लो २४ घण्टामा थप २,४७४ जनामा संक्रमण पुष्टी, २४ जनाको मृत्यु, २,५१८ संक्रमणमुक्त

१० असार , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,५१८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना संक्रमित निको भइसकेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर २,४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,७४७ जनामा कोराना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार ७,२३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९१८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…