केन्यामा हेलिकप्टर दुर्घटना, १७ सेनाको गयो ज्यान

१० असार, काठमाडौं । केन्यामा बिहीबार बिहानै एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १७ सेनाको घटनास्थलमै मृत्यु भएको छ । २३ सेनामध्ये १७ को मृत्यु भएको एबीसी न्युजले जनाएको छ ।

अन्य ६ गम्भीर घाइतेको यतिबेला अस्पतालमा उपचार भइरहेको बताइएको छ । अधिकारीहरुका अनुसार सैन्य अभ्यास गर्ने क्रममा राजधानी नैरोबी नजिकै काजियादो काउन्टीको ओले–तेपेसीमा हेलिकप्टर दुर्घटना भएको थियो ।

सेनाले के कारणले दुर्घटना भयो भनेर कुनै जानकारी दिएको छैन । यद्यपी यस घटनाले केन्याका सेनालाई ठूलो घाटा लागेको उनीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…