आज जसपाको महन्थ पक्ष छलफलमा

१० असार, काठमाडौं । सर्वाेच्च अदालतको आदेशसँगै आफ्ना ११ मन्त्री एकैपल्ट पदमुक्त भएपछि भर्खर मात्र सरकारमा गएको जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष छलफलमा जुट्ने भएको छ ।

आज दिउँसो १ बजे बबरमहलमा भेला भएर अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने महन्थ पक्षका एक नेताले जानकारी दिए । जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोसहित केपी ओली नेतृृत्वको सरकारमा नौं मन्त्री र दुई राज्यमन्त्री बनेका थिए ।

तर दोस्रोपल्ट संसद् विघटनछि कामचलाउ प्रधानमन्त्री बनेका ओलीले गरेको मन्त्रिपरिषद् पुनगर्नठन अवैधानिक ठहर गर्दै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि एक महिना पनि नपुग्दै जसपाका सहित २० मन्त्रीको पद गुमेको हो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवक तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनुपर्ने मुद्दामा सहभागी हुँदै विपक्षी गठबन्धनमा लागेको छ ।

जुन मुद्दाको बहस अहिले सर्वाेच्च अदालतमा चलिरहेको छ । जसपाका ठाकुर र यादव पक्षले एकअअर्कालाई पार्टीबाट निष्कासन गर्दै आफू आधिकारिक पार्टी भएको दाबी निर्वाचन आयोगमा प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…