थुनिएको मर्स्याङ्दी नदी अझै खुलाउन सकिएन

१० असार, मनाङ । मनाङको चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिएका छन् ।
शनिबार हुम्डेमा पहिरो खसेपछि मर्स्याङ्दी नदी आंशिक रुपमा थुनिएको थियो । हुम्डेको पहिरो आइतबार ठूलो भेलले खुलाए पनि चामेको बेलिब्रिजमा बनेको ताल भने अझै फुटाउन सकिएको छैन ।

‘आइतबार दिनभर ताल फुटाउने प्रयास गरे पनि सफल हुन सकिएन’, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘पुलमा अड्किएका केही काठपात त झिकियो, ठूलाठूला चट्टानहरु हटाउन सकिएको छैन ।’ अहिले पुल माथिबाट नदी बगिरहेको छ भने आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ ।

पुलमा नदी थुनिँदा पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ र वडा नम्बर चारको चामे बजार जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन् । डोजर लगाएर नदीको अवरोध हटाउने प्रयास भए पनि पानीको बहाव बढी भएकोले सम्भव नभएको डीएसपी खड्काले बताएका छन् ।

लेकाली क्षेत्रमा पानी परेकोले मर्स्याङ्दी नदी तथा चामे बजारमा रहेको ठाडो खोलामा पनि पानीको सतह बढीरहेको र यसले चामे बजारसहित तल्लो क्षेत्रमा जोखिम रहेको उनले बताएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…