ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र ?

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।

महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो । महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो । खोप आज बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

aawash steels

यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ । ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल) मा गएर खोप लगाउनु पर्नेछ ।

त्यस्तै, वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल)मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्रांगणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने बताइएको छ ।

त्यसैगरी २६ र २७ वडाका नागरिकले सुनाकोठी (बालकुमारी स्कुल) मा, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुलमा, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्य चौकीमा गएर कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा खोप लगाउनुपर्ने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…