पछिल्लो २४ घण्टामा थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु, ४,९५४ संक्रमणमुक्त

८ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९५४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ वटा नमुनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ४,५२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

aawash steels

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या ९,३४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर ७६१ जना आईसीयू र २१८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…