ललितपुरमा भोलि ७५ वर्षमाथिका २५ सय जनालाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै

८ असार, ललितपुर । ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो ।

यसअघि पहिलो डोज लगाएका ७५ वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउने छन् ।

aawash steels

खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्र समेत लिएर उपस्थित हुनु पर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्य चौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…