बुटवलका विद्यालयमा असार २० गतेदेखि वैकल्पिक विधीबाट कक्षा सञ्चालन हुने

८ असार, बुटवल |  उपमहानगरपालिकाले असार ११ गते भित्र २०७७ सालको बार्षिक परिक्षाको नतिजा प्रकाशन गर्न विद्यालयहरुलाई अनुरोध गरेको छ। उपमहानगरमा बसेको सरोकारवालाहरुको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुले लिएको कक्षा १ देखि ९ को वार्षिक नतिजा ११ गतेभित्र प्रकाशन गर्न भनेको हो ।

नतिजा प्रकाशन लगत्तै भर्ना सुरु गर्न र असार २० गतेबाट कक्षा सञ्चालन गर्न पनि उपमहानगरले आग्रह गरेको छ । तर कक्षा सञ्चालन भौतिक उपस्थितीमा नभई वैकल्पिक विधीबाट हुनुपर्ने उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी पत्रमा उल्लेख छ । ‘असार २० गतेदेखी कोभिड – १९ को विषम परिस्थितिलाई मध्यनजर गरि वैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने ।’ विद्यालयहरुलाई पठाइएको पत्रमा भनिएको छ ।

सामुदायिक विद्यालयहरुले भर्नासँगै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने र निजी विद्यालयले पाठ्यपुस्तकको सूची उपलब्ध गराउनुपर्ने छ । यसै शैक्षिक सत्रदेखी कक्षा ६ देखी ८ सम्म विद्यालयहरुमा स्थानिय पाठ्यक्रम हाम्रो बुटवल पनि समावेश गर्न भनिएको छ ।

कक्षा १ देखी ५ सम्म भने यो विषय गत शैक्षिक सत्रबाटै सुरु भएको थियो । ‘कक्षा (१–५) को पाठ्यपुस्तक छपाई भइसकेकाले बजारबाट उपलब्ध गराउने कक्षा (६–८) को सन्दर्भमा हाल छपाइको प्रक्रियामा रहेकाले तत्कालको लागि बुटवल उपमहानगरपालिकाबाट उपलब्ध गराइएको स्थानिय पाठ्यक्रमको हार्ड र सफ्ट कपीका आधारमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने ।’ उपमहानगरको पत्रमा भनिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…