रुपन्देहीमा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु

८ असार,बुटवल |  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषधाज्ञालाई खुकुलो बनाउँदै नीजि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई गत हप्तादेखि केही खुकुलो गरिएको थियो । यद्यपी निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा भने रोक लगाईएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आज (सोमबार) बसेको बैठकले निषेधाज्ञालाई यहि यहि असारको १४ गते राती १२ बजेसम्मलाई यथावत राख्दै निजी सवारी साधनलाई जोबिजोर बनाएको हो । प्रशासनले निजी सवारी साधन २ पाङ्ग्रे र चार पाङ्ग्रेलाई जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिरोज नम्बर सञ्चालन गर्न अनुमति दिएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन गर्न भने पाईने छैन ।

त्यस्तैगरी भेला तथा भिडभाड हुने कार्यक्रम, जात्रा, सभा, जुलुस गर्न पाईने छैन । पाटी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठि, सैलुन, व्युटीपार्लर, मनारञ्जन स्थल, स्वीमिङपुल, स्पा, संग्राहलय, समुहमा खेलिने खेल, जिमखाना लगायत सञ्चालनमा पनि रोक लगाईएको छ । भौतिक रुपमा उपस्थित हुनेगरी शैक्षिक संस्था पनि सञ्चालन गर्न पाईने छैन ।

आर्थिक गतिबिधि चलायमान गराउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि माछा मासु, तरकारी फलफूल तथा दुधजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाईने छ । त्यस्तै अन्य व्यबसाय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाईने छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…