काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ के पाइदैन ?

८ असार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आज (मंगलबार) देखि निषेधाज्ञा केही खुकुलो भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

आजबाट निजी सवारी साधन जोर–बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक–फरक दिनमा फरक–फरक खोल्न पाइने निर्णय गरेको छ ।
यस्तो छ पसलको सूची–
औषधि पसल– जुनसुकै समयमा खोल्न पाइने पाइने छ ।

प्रत्येक दिन, बिहान ११ बजेसम्म खोल्न पाइने– खाद्यान्न, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेशनरी खोल्न पाइने निर्णयमा उल्लेख छ ।

सोमबार, बुधबार र शुक्रबार– डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ खोल्न सकिने व्यवस्था छ ।

आइतबार, मंगलबार र बिहीबार– सुनचाँदा पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल खोल्न पाइने छ ।

दैनिक दिउँसोमात्रै खोल्न पाइने– हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) बिहान ११ देखि ६ बजेसम्म मात्रै खोल्न पाइने छ ।

अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

वर्कसप दैनिक बेलुका ७ बजेसम्म खोल्न पाइने छ ।

यसैबीच स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले भने निषेधाज्ञा केही खुकुलो भए पनि कोभिड–१९ संक्रमणको चक्र अझै नतोडिएको बताएको छ । काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा जारी निषेधाज्ञा आजबाट केही खुकुलो बनाउने निर्णय गरिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको चक्र अझै नतोडिएको स्पष्ट पारेको हो ।

‘कोभिड–१९ को संक्रमणको जोखिम कायमै छ, त्यसैले अत्यावश्यक नपरूञ्जेल अझै पनि घरबाहिर ननिस्कौं । निस्कनै परे सधै मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका सबै स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरौं’, स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘ख्याल राखौं तपाई हाम्रो हेलचेक्रयाइँ कोभिङ–१९ संक्रमण फेरि फैलने कारण नबनोस् ।’ पछिल्ला केही साता यता कोरोना संक्रमणको दरमा केही कमी भने आएको छ ।

भर्खरै प्रकाशित

Dealing With Direct Lenders For Payday Loans – The Thing…

Another big pull which keeps new borrowers coming to payday loan online applications each day is the access. Are you ashamed of one’s debt and…

List Of Good Causal Evaluation Essay Topics And The Most…

As simple as it’s, the aim of the descriptive essay is to explain or portray its subject. It can concentrate on any topic or issue…

Tips On How To Write A Conclusion For A Evaluate…

Before you start writing your compare and contrast essay, you should compare and distinction essay ideas that may showcase your writing and analytical abilities. Therefore,…

Paraphrase A Track Example Lyrics

If you make paraphrasing a every day follow, you’ll enhance not just your paraphrasing abilities but also your language grasp. Today, there are a variety…

100+ Rhetorical Analysis Essay Subjects For Students In 2022

For a overwhelming majority of scholars, that is, arguably, the toughest a half of writing an analytical essay. This is some extent the place you…

Persuasive Essay

Topnotch writers use the gun management essay titles to have an audience for his or her piece. We shall explore some of these nice subjects…