पछिल्लो २४ घण्टामा थप २२९७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु, ३१३० संक्रमणमुक्त

असार ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।

हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाछ ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…