असार ७, काठमाडौँ । योग तथा आध्यात्मिक संस्था द आर्ट अफ लिभिंग नेपालले आज एक भर्चुअल कार्यक्रम गरि अन्तराष्ट्रिय योग दिवस मनाएको छ । महामारीको कारण जूममा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन उप-प्रधान तथा पररास्ट्र मन्त्रि रघुवीर महासेठले गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै मन्त्रि महासेठले योग आफैसंग, संसार र प्रकृति जोड्ने मार्ग भएको बताउनु भयो । “योग आफैमा नयाँ आविस्कार होइन” उहाले भन्नु भयो “रामायण, महाभारत कालमा पनि योगको अस्तित्व रहेको छ” ।
मन्त्रि महासेठले कोभिडले मानिसलाई रोग र तनावले आक्रान्त तुल्याएको बेला मानिसलाई मानसिक र आध्यात्मिक चिन्तनको खाचो रहेको औल्याए ।
कार्यक्रममा संस्थाका एपेक्स कमिटिका अध्यक्ष सिद्देश्वर सिंहले संस्था स्थापना भएको ४० वर्ष पुरा भइ विश्वको १५६ भन्दा वढी मुलुकमा कार्यरत रहेको बताउनु भयो । संस्थाका संस्थापक श्री श्री रविशंकर द्वारा प्रतिपादित सुदर्सनक्रियाले विश्वभरिका करोडौ मानिसहरुलाई लाभान्वित गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल जेसिसको पुर्व अध्यक्ष चादनी जोशी लगाएतका व्यक्तित्वहरुले मन्तव्य व्यक्त गरेका थिए । यस्तै संस्थाको योग ट्रेनर रितिका लोहियाले सहभागीहरुलाई योग र ध्यान सिकाउनु भएको थियो ।
कार्यक्रममा नेपाली सेना, सशसत्र प्रहरी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।