नेपाल भारत मैत्री संघद्वारा बाढी पिडितको लागि २ लाख १ हजार रकम प्रदान

७ असार |  नेपाल भारत मैत्री संघले मनाङका बाढ़ी पिडित जनताको सहयोगका लागि २ लाख १ हजार रक़म प्रदान गरेको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र मोहन झा, उपाध्यक्षबासुदेव रिमाल, ऋषी सापकोटा, महासचिब बध कृष्ण सुबेदी लगाएतले सोमवार मुख्यमन्त्रीको कार्यालयमा सो रक़म हस्तान्तरण गरेकाछन।

केहि दिन पहिलेको लगातारको वर्षाका कारण मनाङ ज़िल्लाका विभिन्न ठाउमा बाढीले सयौं घर परिवार विस्थापित बनाएको थियो ।कार्यक्रममा मुख्यमन्त्री नेपालीले बिपत्तिको बेला देश भरका जनता सँगसगै छन भन्ने अनुभूति मिलेको बताउदै सहयोगी संस्था नेपालभारत मैत्री संघ प्रति आभार प्रकट गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष शैलेन्द्र मोहन झाले पुरै देश बाढ़ी र कोभिड ग्रसित छ यस समयमा संघको तर्फ़बाट केहि राहत प्रदान गर्न पाएकोमा ख़ुशीब्यक्त गर्नु भएको थियो ।उपाध्यक्षद्वय बासुदेव रिमाल, ऋषी सापकोटा, महासचिब बध कृष्ण सुबेदी लगाएतले संस्थाका गतिबिधि बारे प्रकाश पार्नु भएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…