थुनिएको तामाकोशी विस्तारै खोलिंदै

६ असार, दोलखा । तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी अझै पूर्ण रुपमा खुलेको छैन । रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि हिजो दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाउने प्रयास गरिरहेको छ । नेपालको सीमानजिक चीनतर्फ पहिरो जाँदा थुनिएको तामाकोशी नदी बिस्तारै खोलिँदै छ।

सीमित रुपमा पहिरो हटाएर थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको छ ।

aawash steels

जलाशयको पानी पूर्ण रुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम रहेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

शुक्रवारदेखि थुनिएको नदी पूर्ण रुपमा नखुलेपछि तामाकोशी नदी आसपासमा बसोबास गर्ने स्थानीयमा जोखिम कायमै रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…