आजदेखि फेरि भारी वर्षाको सम्भावना, तराई क्षेत्रमा धेरै पानी पर्ने

६ असार , काठमाडौं । दुई दिन केही मत्थर भएको वर्षा आज (आइतबार) देखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (आइतबार) र भोलि (सोमबार) वर्षाको मात्रा बढ्ने देखिएको छ । यस क्रममा कतिपय स्थानमा निकै ठूलो (धेरै भारी) वर्षा पनि हुने सम्भावना छ ।

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले प्रदेश–१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले बताइन् ।

दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने उनको भनाइ छ । आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन, चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीले बताइन् । त्यस्तै आज राति प्रदेश–१, प्रदेश–२ तथा वागमती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…