जगदम्बा उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु, तीन घाइते

६ असार , बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

जीतपुरसिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा शनिबार राति आगलागी भएको हो । आगलागीमा परेर भारतको विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

घटनामा नेपाली मजदूर राजकुमार बिश्वकर्मा, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते भएका छन् । घाइतेमध्ये एकको अववस्था गम्भीर छ ।

पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा ट्यांकी पड्किएको र त्सपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ । घाइते मजदुरको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट उद्योगमा धेरै क्षति पुगेको सञ्चालक पवन गुप्ताले बताए । उद्योग प्रशासनले मजदुरको सुरक्षामा लापरबाही गर्दा आगलागी भएको गुनासो मजदुरले गरेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…