प्रबासमा बस्ने नेपालीहरुको ज्यान परदेशमा भएपनि मातृभुमिलाई दुख्दा प्रत्येक प्रबासी नेपालीहरुलाई नदुखेको कहा छ र ।
बिश्ब कोरोना लहरबाट आक्रान्त हुदै गर्दा मातृभुमी नेपाल पनि त्यससबाट अछुतो रहन सकेन। पहिलो लहरको कोरोना महामारी सगै दोस्रो लहरले देशै अस्तब्यस्थ बन्दै गर्दा अष्ट्र्लियाको डार्बिन शहरका सृजनशिल र परिश्रमी युबाहरुहरुको समुह Darwin Boys सधै जस्तै आफ्नो कर्तब्यबाट बिमुख हुन सकेन। हरेक पटक समुदायलाई होस वा कोही दुखमा पर्दा होस तत्कालै सहयोग सानो होस वा ठुलो मानबिय संम्बेदनालाई ख्याल गर्दै जुटिहाल्ने Darwin Boys ले यो पाली नेपालमा बैज्ञानिक महाबिर पुन रहेको राष्ट्रीय आबिष्कार केन्द्र मार्फत कोभिड प्रभाबितहरुको उपचारमा सहयोग पुगोस भन्दै $7764 अर्थात नेपाली रुपैया ७ लाख २० हज़ार चार सय १६ रुपैया सहयोग प्रदान गरेको छ।
स्मरण रहोस समुदायमा सधै नबिनतम सोच र सृजनात्मक तरिका का साथ समाजलाई सकारात्मक तरिकाले योगदान गर्र्ने र बिश्ब covid-19 ले आक्रान्त भइरहेको बेला मानिसको जीवन शैलीलाई पनि फरक तरिकाले स्बस्थ र मनोरन्जनका साथ जीउन सकिन्छ भन्ने अभिप्रायले धेरै भन्दा धेरै युबाहरु समुह Darwin Boys हो। जहां धेरै युबाहरु स्बतस्फर्त रुपमा आफ्नै परिश्रमको केही हिस्सा यस्तै सामाजिक कार्यमा खर्च गर्दछन।