बाढी–पहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

३ असार, काठमाडौं  । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको छ । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार बेलुका आठ बजेसम्म दुई दर्जनभन्दा धेरै जलविद्युत् आयोजना प्रभावित भएको बताए ।

‘बाढी पहिरोको कारण दोर्दी कोरिडोर, मस्र्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘प्रारम्भिक चरणमा सबा दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान गरेका छौं । अझै पनि सबै ठाउँबाट क्षतिको विवरण आइसकेको छैन ।’

इप्पानका अध्यक्ष आचार्यले बाढीपहिरोबाट निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, उपकरण, जलविद्युत् आयोजनाको ड्याम, सुरुङलगायतका संरचनामा क्षति पुगेको बताए । ‘भौतिक क्षति निकै भएको छ । मानवीय क्षतिबारे भने केही खबर आएको छैन,’ उनले भने ।

बाढीपहिरोले विभिन्न ठाउँमा सडकमा समेत क्षति पुर्‍याएको छ । दुई दर्जनभन्दा बढी ठाउँको सडकमा क्षति पुगेको छ भने एक दर्जनभन्दा धेरै पुल भत्किएका छन् । यसबाट यातायात अवरुद्ध हुन पुगेको छ । सडक विभागका उपमहानिर्देशक शिव नेपालले सबैभन्दा धेरै क्षति कर्णाली राजमार्ग र सिद्धार्थ राजमार्गमा भएको बताए । उनले भने, ‘विभागले सम्भव भएका ठाउँमा अवरुद्ध सडक खुलाउन प्रयास गरिरहेको छ । अहिलेसम्म कुन सडकमा कति क्षति भयो, यकिन तथ्यांक संकलन गर्न सकेका छैनौं । तर पनि अर्बभन्दा बढी नै नोक्सानी भएको अनुमान लगाउन सकिन्छ ।’

सडक विभागका अनुसार बुधबार बेलुका आठ बजे सम्म ८ वटा सडक खण्डमा अवरोध कायमै छ । विभागले अवरुद्ध राजमार्गका ११ स्थानमा एकतर्फी र तीन ठाउँमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको जनाएको छ । विभागका अनुसार बाढी पहिरोका कारण साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड, डुम्रे–बेसीसहर–चामे सडक खण्ड, साँफेबगर–हड्डेखोला–रिला सडक खण्ड, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ खण्ड, तानसेन–रिडी–कोरला खण्ड, पाँचखाल–मेलम्ची–टिम्बु सडक खण्ड, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर खण्डलगायतका स्थानका सडक अवरुद्ध भएको छ ।

सडक विभागका प्रवक्ता नेपालले राजमार्गसँग जोडिएका शाखा सडक जभाभावी बनाउँदा बाढीपहिरोले धेरै क्षति पु¥याएको बताए । ‘राजमार्गसँग पहुँच जोड्ने बहानामा प्राविधिक अध्ययनबिनै डोजर चालकले सडक बनाउँदा यो स्थिति आइलागेको हो,’ उनले भने, ‘इन्जिनियरिङ अध्ययनबिनै जभाभावी सडक खन्ने प्रवृत्ति अन्त्य नभएसम्म बाढी पहिरोले सडक भत्काउने क्रम रोकिँदैन ।’

सडक विभागका अनुसार गत वर्ष असारदेखि असोज ९ गतेसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ५३ ठाउँका सडकमा क्षति पुगेको थियो । सबैभन्दा बढी क्षति अरनिको राजमार्गमा पुगेको विभागले जनाएको छ । उक्त राजमार्गमा डेढ अर्बभन्दा बढीको क्षति भएको विभागको भनाइ छ । विभागका अनुसार गत वर्ष बाढीपहिरोको कारण सडक भत्किँदा तीन अर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…