कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको कच्चा पदार्थ बोकेको गाडी प्रहरीद्वारा पक्राउ

असार ३, रुपन्देही : कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल भित्रिएपछि सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार बिहान ९ बजे भन्सार मूल गेट हुँदै यु पी ५३ सी टी २११९ नम्बरको ट्रेलरमा फलामे छड बनाउन प्रयोग हुने कच्चा पदार्थ एम एस विलेट (फलाम) नेपाल भित्रिएको हो ।

उक्त ट्रेलरमा ३४.४ मेट्रिक टन विलेट विजया स्टिल प्रा.लि.का लागि भित्रिएको बताइएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्कीका अनुसार विशेष सूचनाका आधारमा विओपि कृष्णनगरले कृष्णनगर नगरपालिका-२ मा रहेको चेक पोइन्टमा पक्राउ गरेको बताए । सशस्त्र प्रहरीले ट्रेलरसहित भारतको वरीयातपुर कुशिनगर बस्ने चालक वर्ष ३४ को सन्जय कुमार कुशवाह र सहचालक वर्ष २४ को अंगद कुमार कुशवाह लाई पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ ।

aawash steels

 

 

भन्सार कार्यालय प्रमुख जनार्धन पौडेलका अनुसार गाडी चालक नयाँ भएको कारणले थाहा नभएर भन्सार नगरी भित्रिएको बताए । विलेट लिएर आएका ५ वटा सँगैको लहरमा छिरेको र गेटमा बस्ने कर्मचारी झुक्किएर थाहा नपाएको बताए । पक्राउ गरिएको माल सम्बन्धी अनुसन्धान सुरु भएको पौडेलले बताए । यता स्थानीय मनोज ओझाका अनुसार निषेधाज्ञाको मौका छोपी भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा गाडी भित्राइएको दाबी गरे ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…