सुपरमादी जलविद्युतको पावरहाउस बाढीले बगायो, ३०० कामदारको उद्धार (भिडियो सहित)

२ असार, कास्की । कास्कीको मादी गाउँपालिका–२ मा रहेको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगाएको छ । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले पावरहाउस, निर्माण सामग्रीलगायत बगाएको हो ।

मादीखोलामा कार्यरत करिब ३०० कामदारलाई आज बिहान सकुशल उद्धार गरिएको छ । आयोजनामा कार्यरत सबै ७०० कामदार सुरक्षित रहेका बताइएको छ । बाढीले एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सुपरमादी जलविद्युत् आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिएका छन् । आयोजनामा चार वटा एक्स्याभेटर, चार वटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीको काम सम्पन्न हुने चरणमा थियो। ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु, इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केसहरु लगायतका सबै सामानहरु बाढीले बगाएको उनले बताए ।
८० प्रतिशत निर्माण कार्य सकिएको उक्त आयोजना यही असारमा सम्पन्न हुने चरणमा थियो ।

४४ मेगावाट क्षमताको आयोजना गए रातिको बाढीले क्षतिग्रस्त बनेको हो । मादी गाउँपालिका–२ का अध्यक्ष एकजंग गुरुङले उक्त आयोजनाका कामदारलाई सकुशल उद्धार गरी सुरक्षित ठाउँमा ल्याइएको जानकारी दिएका छन् ।
सौजन्य भिडियो:

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…