२ असार, नवलपरासी । लगातारको वर्षापछिको बाढीले पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका–२ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार नारायणी नदीको बाढी बस्ती पसेपछि स्थानीयलाई सारिएको हो ।
त्यसै गरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् । त्यहाँ फसेकालाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दियो । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।
यस वर्ष बाढी पहिरो बाट १९ लाख जनासंख्या प्रभावित हुने अनुमान
आज धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
जल सतह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला