२ असार , काठमाडौं,। १६ औं संस्करणको युरोकपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी शुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई तीन–शून्यले हराएको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गिउरिरोले एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिए पनि पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।
आजको खेलमा दुई गोल गरेका रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बनेका छन् । यस्तै रोनाल्डो पाँचौं पटक पुरुष युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन् ।