असार २, बुटवल । केहि दिनदेखिको अभिरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न नदि, खोला नाला बढेकोले बाढी, पहिरोको जोखिम बढेको भन्दै सजक रहन राप्रपा लुम्बिनी प्रदेशले आग्रह गरेको छ।
पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप कुमार उदयले मंगलबार एक विज्ञप्ति जारि गर्दै प्रदेशका विभिन्न खोला नालाहरुमा पानीको सतह बढ्नुको साथै पहिरोको कारणले क्षति पुग्ने, ज्यान जोखिममा पर्न सक्ने भन्दै सचेत र सुरक्षित रहन प्रदेशवासिहरुलाई आग्रह गरेका छन् ।
साथै उनले बाढी, पहिरोको कारण हुन् सक्ने सम्भावित क्षतिलाइ न्यूनीकरण गर्न र आवस्यक उद्धारका लागि राप्रपाका सबै सदस्यहरुलाई विज्ञप्ति मार्फत आग्र्ह गरेका छन् ।