१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आज असार १ (आज) देखि लागु हुने गरी नयाँ निषेधाज्ञा जारी गरिएको छ । असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी रहने छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको यसअघि नै बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो । यसअघि तोकिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिएको छ । आजबाट तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपक्षीजन्य पदार्थ, भेटनरीसम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाइमा प्रयोग गरिने मास्क, साबुन, स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बिउलगायत सामग्री ढुवानी गर्दा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ देखि बिहान ११ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाइनेछ ।
निर्माण सामग्री ढुवानीका लागि सवारी–साधन राति ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था गरिएको छ ।
हेर्नुस् जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी निषेधाज्ञा आदेश :