करेक्सनपछि सेयर बजार उकालो लाग्दै, नेप्से परिसूचक ३ हजार नाघ्यो

जेठ ३१, काठमाडौँ | करेक्सनपछि सेयर बजार पुुनः पुुरानै लयमा फर्किएको छ । अघिल्लो साताको अन्तिम दुई दिन बजार करेक्सन हुुँदै ओरालोतर्फ लागे तापनि आइतबार सेयरमा चमक थपिँदै नयाँ रेकर्डमा प्रवेश गरेको हो । नेप्से परिसूूचक ३८ दशमलव ३२ अंकले बढेर २ हजार ९ सय ८३ दशमलव ११ बिन्दुुमा पुगेर बन्द भएको छ । यसअघि २ हजार ९ सय ५७ बिन्दुु पुुगेर बन्द भएको थियो । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ११ दशमलव ५४ अंकले बढेर ५ सय ३९ दशमलव ४१ बिन्दुमा पुुगेर बन्द भएको छ ।

कारोबार रकम हालसम्मकै उच्च
कारोबार रकम हालसम्मकै उच्च हुन पुुगेको छ । यसअघि १७ अर्बमाथिको कारोबार भएकोमा सो दिन रेकर्ड ब्रेक गर्दै उच्च रेकर्ड बनेको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २० कम्पनीको  ३ करोड ७० लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ७२ करोड २९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । दोस्रोमा लुम्बिनी विकास बैंकको ५८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावरको ५४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक सकारात्मक रहेको छ । विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युुत् कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । विकास बैंक समूहको ८ दशमलव २४ प्रतिशतले बढेको छ । फाइनान्स समूहको ७ दशमलव १४ प्रतिशतले बढेको छ भने जलविद्युुत् कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन, लगानीगत समूहको सूचक यस दिन सकारात्मक हुुँदा जीवन बिमा, निर्जीवन बिमा, माइक्रो फाइनान्सका लगानीकर्ता भने निराश बनेका छन् ।

 दुई दर्जनभन्दा बढी कम्पनीका सेयर मूूल्यमा सर्किट 
आइतबार दुुई दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलको मूल्यमा कारोबार भएको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा फाइनान्स, विकास बैंक र जलविद्युुत् कम्पनीहरू रहेका छन् । श्री इन्भेस्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, प्रोगेसिभ फाइनान्समा १० प्रतिशतको सर्किट सेयर मूल्यमा कारोबार भएको छ । यस दिन फाइनान्सतर्फ सबैभन्दा धेरै बढ््ने कम्पनीमा आएसिएफसीको ६२ रुपैयाँले बढेर प्रतिसेयर ६ सय ८२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धुु विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, लुुम्बिनी विकास बैंकको १० प्रतिशते सर्किट लेभलमा कारोबार भएको छ भने हाइड्रोतर्फ हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रो, जोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । नेपाल इस्योरेन्स, साधना लघुुवित्त वित्तीय संस्था, सुमित लघुवित्तका लगानीकर्ता भने निराश बनेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…