मेलम्चीको पानी आउन केही समय बन्द हुने : फेरियो पानी वितरणको तालिका, अब कहाँ कति दिनमा आउँछ ?

३१ जेठ, काठमाडौं । सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही समय बन्द हुने भएपछि काठमाडौं उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको छ । चैत १५ गतेदेखि वितरण शुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।

सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ । नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एक पटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ ।

केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।
बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।
हेर्नुस् अबको वितरणको तालिका

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…